बाहिरी जिल्लाबाट राेल्पामा आउने १० दिन ‘होम आइसोलेशन’मा बस्नुपर्ने

राेल्पा । रोल्पामा बाहिरी जिल्लाबाट आउने मानिस १० दिनसम्म ‘होम आइसोलेशन’मा बस्नुपर्ने भएको छ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले बाहिरी जिल्लाबाट आउने १० दिनसम्म ‘होम आशोलेशन’ बस्नु पर्ने निर्णय गरेको हो।

बाहिरी जिल्लाबाट आएर ‘होम आइसोलेशन’मा बसेकाहरुलाई स्थानीय निकायले अनुगमन गर्नेछ। बैठकले सबै स्थानीय निकायलाई ‘आइसोलेशन’ बनाउन समेत निर्देशन गरेको छ।

त्यस्तै, डीसीसीएमसीले जिल्लाभरका सबै विद्यालयल बन्द गरी वैकल्पिक माध्यमबाट पठानपाठन गर्न निर्देशन दिएको छ।

डीसीसीएमसीले जिल्लाभरका सबैलाई कुनै भिडभाड नगरी मास्क, सेनिटाइजरलगायत प्रयोग गरी स्वास्थ्य सुरुक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =