सुनछहरी गाउँपालिका राेल्पाकाे विपद् व्यवस्थापन समिति बैठक बिहीबार सम्पन्न

राेल्पा । सुनछहरी गाउँपालिका राेल्पाकाे विपद् व्यवस्थापन समिति बैठक बिहीबार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष आशबहादुर पुनको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ।

तपाईंको माक्स खै ? भन्ने कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न तपाईंको माक्स खै ? कार्यान्वयन गर्न इलाका प्रहरी कार्यालय पोबाङ, गाम, स्युरी र जेलबाङ प्रहरी चौकी लाई अनुरोध गर्ने, कसलामा गतवर्ष संचालन गरिएको क्वारेन्टाइन यस वर्ष पोबाङमा बनेको ५ शैयाको कोभिड अस्पताललाई व्यवस्थित गर्ने, जिल्ला विपद् व्यवस्थापन समितिको २०७८ बैशाख १६ गतेको निर्णय अनुसार अर्को सूचना प्रकाशन नभए सम्मको लागि बिधालय तथा शिक्षालयहरुमा भौतिक उपस्तिथि नभैइ भर्चुअल तथा वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्ने साथै भौतिक उपस्थिति पुर्णतया बन्द गर्ने र पुर्व निर्धारित सबै प्रकारका परिक्षाहरु अर्को आदेश नभए सम्मका लागि स्थगित गर्ने गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु यथाशीघ्र आफ्नो कार्यक्षेत्रमा हाजिर हुने जानकारी दिने
महामारीलाई मध्यनजर राख्दै गाउँपालिकाको कार्यपालिका बैठक बाट अनुमोदित टोल बिकास संस्था गठन तथा परिचालन कार्यविधी २०७८ तयार भएकोले गाउँपालिकाका ७ वटै वडामा संस्था गठन गर्न निर्देशन गर्ने महामारी सम्बन्धि फोकल प्रसन स्वास्थ्य संयोजक जगत बुढा र कोभिड सम्बन्धि रिपोर्टिङ गर्न विपद् व्यवस्थापन समितिका सदस्य सचिव दयाबहादुर बुढामगरलाई जिम्मा दिने निर्णय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?