सल्यानका यी युवक जसले बिहे त गरे तर सुहागरात मनाउन पाएनन्, यस्तो छ कारण

सल्यान । सल्यानमा अचम्म भएको छ । एक जनाले बिहे गरेका छन् तर सुहागरात मनाउन भने पाएनन् । उनलाई प्रहरीले लिएर गएको छ । बालविवाह गरेका आरोपमा ती १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो । यही वैशाख १३ गते राति खान खाएर सु ति सकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु दुवैले स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्दापढ्दै माया बसेपछि भा गी विवाह गरेको किशोरले प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ । बालविवाहसँंगै क र णी समेत भएको भनेर जाहेरी आएकाले सोहीअनुसार कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । प्रहरीले सल्यान अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराएको छ । यसैबीच विवाहमा संलग्न भएका आरोपमा किशोरका बाबुलाई पक्राउ गरिए पनि संलग्नता नदेखिएकाले प्रक्रिया पु¥याएर छाड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?