हराउँदै ‘कोल’

नेपालमा प्रविधिको विकास क्रमसँगै परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोलहरू लोप हुँदै गएका हुन् ।

वि.संं २०२५ साल फाल्गुन महिनामा जम्बुकांध, दैलेखका स्थानीयहरू कोलमा तोरी पेल्दै ।

तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुँदै जानु तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउँदै गएको छ ।
बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन् । गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेशिन हराउँदै गइरहेका छन् । परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, अमिलो, र तोरी पेल्ने गरिन्छ ।

कोलमा तेल पेल्नका लागी बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत लगाउन छोडेको पाइन्छ, आधुनिक मेशिनको बढ्दो प्रयोग र विकाससँगै सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले विस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको छ ।

वि.संं २०२३ ताका तानसेन, पाल्पाका महिलाहरू कोलमा तोरी पेल्दै ।

  

वि.संं २०२५ सालताका कैलाली जिल्लामा कोलमा तोरी  पेल्दै स्थानीय पुरूषहरू ।
वि.संं २०२५ सालमा नुवाकोटमा तोरी पेल्न व्यस्त स्थानीयहरू ।
वि.संं २०२० सालताका वीरगञ्जमा  चेपुवामा उखु पेल्दै ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?