बच्चा पाउन ठिक्क परेकी १० महिनाकी गर्भवती महिलाको मृत्यु, पेट भित्रको बच्चाले संसार पनि देख्न पाएन !

दैलेख । कोरोना सङ्क्रमणका कारण यहाँ एक गर्भवतीको मृत्यु भएको छ । उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया १० महिनाका गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

विजय राईले नागरिक न्युजका लागि खिचेको यो तस्विर हामीले यस समाचारमा फाइल तस्विरका रुपमा प्रयोग गरेका छौ, यो तस्विर नागरिक न्युज बाट साभार गरिएको हो ।

बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएकामा जाँच गर्दा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । मृत्यु हुने महिला १० महिनाकी गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?