साझा प्रयास समुह गठन, स्वास्थ्य केन्द्र सुलिचौरमा सरसफाई

राेल्पा । परिवर्तनको लागी साझा प्रयास समुह गठित समाजिक सेवा, विकृतिह बिसङगतिको विरुद्धमा आवाज उठाउने यो समुहको उद्देश रहेको छ ।

सुनिल स्मृति भित्रमा रहेका सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्द्धन गर्ने, शिक्षा, स्वास्थ, खानेपानी, सरसफाइ लगाएतको काममा आवश्यकता अनुसार अभियान संचालन गर्ने, जनताको गुनासोलाइ सम्बन्धित निकाय सम्म पुर्याउने, भवितव्यतव्य आइपर्ने जुनसुकै समस्यामा हातेमालो गर्दै सक्दो सहयोग गरि अगाडि बढ्ने यस समुहको मुख्य भुमिका रहने साथै समुहले गर्ने कार्य समुह मुखी भन्दा सेवा प्रदायक गरिने, हप्ताको एक दिन मंगलबार जनचेतनामूलक कार्यक्रम समेत गर्ने यस समुहका सदस्य साजन कुमार थापाले बताउनु भयो ।

यसैगरी परिवर्तनको लागी साझा प्रयास समुहद्वारा सुनिल स्मृति गाउँपालिका ४ सुलिचौर बजारमा रहेको स्वास्थ्य केन्द्रमा सरसफाई गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?