नेकपा एमाले राष्ट्रिय युवा संघ राेल्पाकाे बैठक हाेलेरीमा सम्पन्न

राेल्पा । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ राेल्पाकाे जिल्ला कमिटी आकस्मिक बैठक आज हाेलेरीमा सम्पन्न भएकाे छ ।

बैडकले त्रिवेणी गाउँपालिका वडा नं. २ मा पर्ने चेत्रेखाेला, पिराले, बर्तिबाङमा आगलागीबाट प्रभावित जनताकाे लागि राहत संकलन गर्न युवाहरूलाई परिचालन गर्ने र छिमेकी जिल्ला दाङ, सल्यान र पुर्बी रुकुमका राष्ट्रिय युवा संघ संग समन्वय गरि राहत संकलनकाे लागि आग्रह गर्ने र दैवीप्रकोपबाट प्रभावित जनताकाे घर निर्माण गर्न १०० जना युवाले २ दिन श्रमदान गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?