दाङमा कोरोना संक्रमितलाई अस्पतालमा बेड पाउनै मुस्किल

दाङ । घोराही उपमहानगरपालिका-१५ निवासी एक जना व्यक्ति एकसाता अघि संक्रमित भए ।

घोराहीस्थीत राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठान कोरोना पोजिटिभ देखिएका उनको स्वास्थ अबस्था सुरुमा सामन्य भएपनि पछिल्लो समय दिनप्रतिदिन कमजोर बन्दै गयो । होम आइसोलेशनमा बसेका उनी स्वास्थ बिग्रदै गएपछि स्वास्थकर्मीले अस्पतालमा बस्न सल्लाह दिए ।

अस्पतालमा बस्नलाई बेलझुण्डी अस्पतालमा बेड खाली थिएन । नत घोराहीको प्रतिष्ठानमा नै बेड खाली थियोे । त्यसैले उनी उपचारका लागि काठमाडौं जानुपर्यो । अहिले उनी काठमाडौंमा उपचाररत छन ।

त्यसैगरी केही दिन पहिले तुलसीपुर-१८ निवासी एक महिलालाई बिरामी परिन । ज्वरो आउने,खोकी लाग्ने र शरीर दुख्ने समस्याले अस्पताल भर्ना भएकी उनलाई पिसिआर परिक्षणका क्रममा कोरोना पोजिटिज देखियो ।

ज्वरो,खोकीसंगै कोरोना भाइरसका कारण स्वास्थ अबस्था कमजोर बनेकी उनलाई डक्टरले आइसियुमा राख्नुपर्ने सुझाव दिएका थिए । आईसियुका लागि बिरामीलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लग्नुपर्ने भयो । तर त्यहा बुझ्दा बेड खाली छैन भन्ने खबर आयो ।

बिरामीको अर्को दिन प्रतिष्ठानमा मृत्यु भयो । मृतकका आफन्त भन्छ्न समयमै आइसियुमा राख्न सकिएको भए बिरामी बाच्न सक्ने अबस्थामा थियो ।

यी दुई प्रतिनिधि मुलक घट्ना मात्र हुन । पछिल्लो समय दिनप्रतिदिन बढीरहेको कोरोना संक्रमणका कारण जटिल प्रकारका बिरामीले अस्पतालमा बेड पाउन सकिरहेका छैनन् । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालसंगै प्रतिष्ठानमा बिरामीहरु भरिएका छन् ।

तर अन्य पालिकाहरुमा आइसोलेशन अस्पताल नहुदा स्वास्थ सेवा जटिल बन्दै गएको स्वास्थकर्मीहरुले बताउने गरेका छन । कोरोना संक्रमण बढ्दै गएपछी अस्पतालमा संक्रमितहरुको व्यवस्थापनमै समस्या भएको कोरोना अस्पताल बेल्झुण्डीका व्यवस्थापक दाेर्ण ओली बताउँछन ।

दिनहु बिरामी अस्पतालमा राखिदिनका लागि धेरै आग्रह गर्ने गरेपनि बेड नहुदा समस्या भएको बताए । उनका अनुसार बेल्झुण्डीमा ४३ जना बिरामी उपचाररत छन । बेड खाली नहुदा ६ जना बिरामीलाई भुईमै राखेर उपचार गर्नुपरेको वलीले बताएका छन् । ४३ जना बिरामी मध्य ५ जना बिरामी आइसियुमा रहेका छन ।

आइसोलेशन अस्पताल बनाउन ढिलाई जिल्लामा भएको कोरोना विशेष अस्पतालले बिरामीलाई थेग्न नस्क्ने भएपछि बेलझुण्डीकाे बेड बढाएर ६५ पुर्याउने,राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा १०० बेड बनाउने, २ उपमहानगरपालिका ४०/४० बेड र पालिकाहरुमा २० बेडकाे आइसोलेशन बेड बनाउने निर्णय भएपनि अधिकाश पालिकामा निर्माणकार्य ढिलाई भएको गुनासो बढ्न थालेको छ ।

तर देउखुरीक्षेत्रका चार पालिकाहरुले लमहीमा कोरोना विशेष अस्पताल निर्माणकाे कामलाई अन्तिम चरणमा पुर्याएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?