नेकपा माओवादी केन्द्रकाे पार्टी भेला तथा प्रशिक्षण कार्यक्रम माडी गाउँपालिका-६ मिनाहीमा सम्पन्न

  • बुद्धिमान वली

राेल्पा । नेकपा माओवादी केन्द्रको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रम माडी गाउँपालिका वडा नम्बर ६ मिनाहीमा सम्पन्न भएको छ ।

पार्टीका वडा अध्यक्ष शेर बहादुर पुन (सिंगल) को अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य तथा माडी गाउँपालिका इन्चार्ज शेर बहादुर बुढा (सोम), जिल्ला सदस्य तथा स्थानीय सरकारका माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन (आनन्द), जिल्ला कमिटी सदस्य तथा स्थानीय सरकारका वडा नम्बर ५ का अध्यक्ष एवम् पार्टीका ५ नम्बर वडाका इन्चार्ज भरत बहादुर बुढामगर (वृतान्त), जिल्ला कमिटी सदस्य तथा स्थानीय सरकारका ६ नम्बर वडा अध्यक्ष एवम् पार्टीका ६ नम्बर वडाका इन्चार्ज खर्क बहादुर पुन (प्रकाश) लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्थानीय अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमले टोल कमिटि निर्माण गर्ने मिति तथा जनबर्गिय संगठन निर्माण समेत गरेको छ ।

कार्यक्रमको संचालन पार्टीका गाउँपालिका कार्यालय सदस्य कमानसिङ बुढा (करुन) ले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?