दाङमा तीन बच्चा मृत्यु प्रकरण : लामो समयदेखि कार रोकिएको थियो

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्यालीबजारमा तीन जना बच्चा मृत फेला परेको कार विगत लामो समय देखि त्यस स्थानमा पार्किङमा राखिएको थियो ।

६ महिना अघि देखि सोही स्थानमा कार पार्किङ गरि राखिएको स्थानीयले बताएका छन् । यस विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको उक्त कारमा शनिबार साँझ बच्चा मृत फेला परेका हुन् ।

ईलाका प्रहरी तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि गाडी हेर्दा मृत बच्चाहरु रहेको पाईएको हो ।

बच्चाहरुको पहिचान खुल्न सकेको छैन् । अहिले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + six =