लुम्बिनीको राजनीतिमा नाटकीय मोड, एमाले माननीय माओवादीतिर गएपछि अब शंकर पोखरेललाई अप्ठेरो

बुटवल । लुम्बिनी प्रदेशको आन्तरिक राजनीतिमा नाटकीय मोड उत्पन्न भएको छ । लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री नेकपा एकाले छोडेर नेकपा माओवादीमा प्रवेश गरेकी छिन् । माओवादीमा उनको प्रवेशसँगै एमाले नेतृत्वमा एकल बहुमतको सरकार बनाउने मुख्यमन्त्री शंकर पोखरेलको योजनामा चुनौती थपिएको छ ।

एकल वहुमतको सरकार बनाउन मुख्यमन्त्रीवाट राजिनामा दिएका पोखरेललाई नेकपा एमाले संसदिय वैठकले फेरी पनि मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । विमलाको यो निर्णय संगै १६८ को १ अनुसार बहुमत प्राप्त दलको हैसियतले सरकार बनाउने बाटो मुख्यमन्त्री पोखरेलका लागि असहज भएको हो । उनी नेकपा रहँदै दाङबाट प्रदेशसभा ३ (ख) बाट उपचुनाव जितेकी थिइन् । सवारी दुर्घटनामा पति उत्तरकुमार वलीको निधन भएपछि उक्त क्षेत्रमा उनी उपचुनाव लडेर विजयी भएकी हुन् । विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नयाँ परिस्थितिमा नयाँ निर्णय लिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् ।

४१ जना सांसद सहित बहुमत रहेको भनिएको लुम्बिनी प्रदेशमा एमालेको सांसद अब ४० मा झरेपछि स्पष्ट अल्पमतमा पुगेको छ ।जुन बहुमतको लागि एक सिट अपुग हो । यसले गर्दा एमालेको सरकार बन्ने सम्भावना तत्काललाई असहज बनेको छ । प्रधानमन्त्रीले अब लुम्बिनी प्रदेशसभा भंग गराउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सम्भावना रहेको स्रोतको दाबी छ । यसो गर्दा सरकार बच्ने तर प्रदेश सभा मर्ने हुन्छ । आज सबेरै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि शुरु भएको नयाँ सत्ता समिकरणको खेल नाटकीय मोडमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?