कलिला बच्चाहरुको सामुहिक हत्याको अपराधमा संलग्नलाई कार्बाही गर : अखिल(क्रान्तिकारी) दाङ

  • हेमन्त प्रकाश ओली

दाङ । विप्लब निकट अखिल(क्रान्तिकारी)दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा रोकिराखेको भारतिय नम्बर प्लेटको गाडिमा भेटिएका बालकहरुको शबले संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै स्थानीय र दाङबासीलाई ससंकित र आक्रोशित बनाउने पासबिक घटनाले स्तब्ध तुल्याएको बताए।

बिज्ञप्तिमा कलिला बच्चाहरुको सामुहिक हत्या जस्तो जघन्य अपराधमा संलग्न जो कोहिलाइ कडा कार्बाहिको माग गरिएको छ।बिज्ञप्तिमा पिडित परिवारलाइ उचित क्षतिपूर्ति सहित पुर्ण न्यायको प्रत्याभुती गराउन सम्बन्धित पक्षसंग जोडदार माग गर्नुकासाथै मृतकप्रती श्रद्धाञ्जली गर्दै परिवारजन प्रती गहिरो समबेदना प्रकट गरिएको छ।

प्रेस बिज्ञप्तिको पुर्ण पाठ:-
प्रेस बिज्ञप्ति
तुलसीपुर उपमहानगर पालिका वडा न.६ स्थित स्याउली बजारमा रोकिराखेको भारतीय नम्बर प्लेटको गाडिमा भेटिएका बच्चाको शबले हाम्रो संगठनकको गम्भीर ध्यानाकर्षण भएको छ।स्थानीय र दाङ्बासीलाई ससन्कित र आक्रोशित बनाउने उक्त पासबिक घटनाले स्तब्ध तुल्याएको छ ।निर्दोष बच्चाहरुले अनाहकमा ज्यान गुमाउने कुरा जति भत्सर्ना गरेपनी कम हुन्छ।कलिला बच्चाहरुको सामुहिक हत्या जस्तो जघन्य अपराधमा संलग्न जो कोहिलाइ कडा भन्दा कडा कारबाही गर्न माग गर्दछौ।साथै पीडित परिवार लाइ उचित क्षतिपुर्ती सहित पुर्ण न्यायको प्रत्याभूति गराउन सम्बन्धि पक्षसङ्ग जोडदार माग गर्दछौ।मृतक सन्दीप परियार,सुवर्ण परियार र करण परियारप्रती श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रती गहिरो समबेदना प्रकट गर्दछौ ।

अमर खड्का
अध्यक्ष
अखिल (क्रान्तिकारी ) दाङ्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?