रोल्पामा चट्याङ पर्दा ७ जना घाइते, ३ जनाको अवस्था गम्भीर

  • कविता उपाध्याय

रोल्पा । बिजुलीको मिटर बक्समा चट्याङ पर्दा दुई महिनाको बालक सहित रोल्पामा सातजना घाइते भएका छन् ।

प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीका अनुसार आइतबार साँझ ५: ३० बजे परिवर्तन गाउँपालिका वडा नं ६ बाबियाचौरका भीमबहादुर बुढा मगरको घरमा परेको चट्याङबाट उनीहरु घाइते भएका हुन् ।

घाइते मध्ये २ महिने बालक, ३ वर्षिय बालक र १३ वर्षिय बालक गम्भीर अवस्थामा रहेका छन् । घाइतेहरु सबैलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा ल्याइदै छ ।

घाइते भएका मध्ये ५ जना एकै परिवारका सदस्य हुन् भने दुईजना पानी परेका कारण ओतलाग्न आएको प्रनाउ सुवेदीले जानकारी दिए ।

यसैगरी शुक्रबार रुन्टीगढी गाउँपालिका वडा नं. ९ पलासेनीका चित्रमान नेपालीकी छोरी १२ वर्षिया शुष्मा नेपालीको चट्याङले ज्यान लिएको थियो भने बिहिबार सुनछहरी गाउँपालिका वडा नं. ७ जेलबाङ ठूलोगाउँ रोल्पाका ९ वर्षिय बालक अभिषेक पुनको चट्याङ लागेर ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?