सल्यान : बाख्रा चराउन गएका वृद्धको डढेलमा परी मृत्यु

सल्यान । डढेलोमा परी सल्यानमा एक वृद्धको मृत्यु भएको छ। शारदा नगरपालिका–६ सापमाराका ७० वर्षीय ओदिराम बुढाथोकीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घरदेखि एक घण्टाको दूरीमा रहेको भुवेनगैरी सामुदायिक वनमा लागेको डढेलोमा परेर बुढाथोकीको मृत्यु भएको हो। उनको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन बोहराले जानकारी दिए।

वनमा बाख्रा चराउन गएका उनी साँझ ६ बजेसम्म पनि नआएपछि परिवारका सदस्यले खोजतलास गर्दा जलेको अवस्थामा शव फेला पारेका थिए। वनमा अझै डढेलो लागिरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?