लुम्बिनीमा फेरी शंकर पोखरेललाई चिठ्ठा, २४ घण्टा नबित्दै दुई सांसदले फेरे बोली, निकाले यस्तो विज्ञप्ति

बुटवल । लुम्बिनी प्रदेशको राजनीतिक अचम्म तरिकाले मोड परिवर्तन गरिरहेको छ । केही समय अघि सम्म अल्पमतमा परेको भनिएका मुख्यमन्त्री शंकर पोखरेललाई फेरी चिठ्ठा परेको छ । उनको विपक्षमा रहेको भनेका दुई सांसदले २४ घण्टा नहुँदै बोली फेरेका छन् । सुर्य चिन्हवाट निर्वाचित स्वतन्त्र दुई सांसदले आफूहरू एमाले संसदीय दलमै रहने प्रतिबद्धता जनाएका छन् ।

उनीहरुले विज्ञप्ती जारी गर्दै पोखरेललाई नै आफुहरुको समर्थन रहेको बताएका छन् । हृदयश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका उनीहरु सूर्य चिन्हबाट निर्वाचन जितेका उनीहरुले आइतबार मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा हस्ताक्षर गरेका थिए ।

तर २४ घण्टा नबित्दै कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको जनाएका हुन् ।

उनीहरुले कुल प्रसाद केसीलगायतले सरकार गठनका सन्दर्भमा गरेको दावीमा आफूहरुको हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण रहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?