चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई ५० प्रतिशत जोखिम भत्ता दिने सरकारको घोषणा

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका चिकित्सिक, स्वास्थ्यकर्मीहरूलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार देशवासीका नाममा सम्बोधन गर्दैै चालक, सहचालक तथा सफाईकर्मी कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेका हुन् ।

यस्तै उनीहरूको परिवारको उपचार र बीमाको व्यवस्था समेत गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्,’कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?