रोल्पामा पनि निषेधाज्ञा हुने (विज्ञप्तिसहित)

रोल्पा । रोल्पा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

कोरोना जोखिम बढ्दै गएपछि जिल्ला कोभिड-१९ संकट व्यस्थापन केन्द्र(डिसिसिएसी)ले वैशाख २२ गते बिहान ६ बजे देखि जेष्ठ ५ गते राति १२ बजे सम्म निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार रोल्पा ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । डिसिसिएमसीले यो संख्या बढ्न सक्ने भन्दै निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

सकृय संक्रमितको संख्या २ सयभन्दा माथि पुगेमात्रै निषेधाज्ञा वा लकडाउन गर्नुपर्ने व्यवस्था भएपनि रोल्पामा अहिलेको गति हेर्दा २ भन्दा माथि पुग्ने अनुमानसहित निषेधाज्ञाको निर्णय भएको छ ।

हेर्नुस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?