तुलसीपुर उपमहानगरपालिका रड्गैको बुलबुलेमा अझै बढेन पानीको मुहान

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा पर्ने बुलबुले जरुवा रड्गै टोल र भिटुरिया टोलको सिमानामा पर्ने जरुवा अझै सुधारमा आएको छैन ।

गत वर्ष भन्दा यो वर्ष पानीको सतह धेरै कम भएको छ भन्नुहुन्छ स्थानीय युवा बुद्धिजीवी खगेन्द्र डाँगी । कतिपय स्थनियले जरुवा नजिक भएकै कारण कुवा नखनेको र कुवा खनेकालेपनि जरुवाको पानी सुके संगै कुवा पनि सुकेको स्थानीयकाे चिन्ताको बिषय बनेको छ ।

यस जरुवाबाट गत वर्ष ठुलो पानि आएर जरुवा भरिभराउ हुन्थ्यो वर्षौ साल तर यो साल भएन, ५-६ गाउँबाट गाईवस्तु आउने र अर्को वडाबाट पनि गाइबस्तु त्यहाँ पानी पिउन आउनेको घुइचो छ तर पानीकाे सतह कम भएकाे कारणले कतिपएले पानि पिउन हम्य हम्य परेको छ । भैसिलाइ खाली बस्न मनि गारो परेकाे छ । यो साल आकाशबाट पानी कम परेको र नजिकै रहेको इट्टा भट्टाले २ओटा पम्पसेट लगाएर पानी तानेर पनि कम भएको थियो तर हिजो आज पम्पसेट नलगाउँदा पनि पानी नबढेर स्थानीयकाे मनमा चिन्ता पलाएको छ ।

पछिल्लो दिनमा नेपालको स्थिति यस्तो छ पानीको मुहान पनि सुक्दै गएका छन् । मानिस लगाएत गाईवस्तुलाई पानी पिउनकाे लागि हम्मेहम्मे परेकाे छ ।

जरुवालाइ राम्रो संरक्षण गरौ भनेर भने पनि त्यहाँका स्थानीयले त्यति चासो नदिएको स्थानीय युवा बुद्धिजीवी खकेन्द्र डाँगीले नेपाली संगसारलाई भन्नुभयो ।

नुहाउन कपडा धुन आउनेकाे घुइचो छ तर पानीको स्थिति नाजुक रहेकाे छ । साबुने पानी जस्तो सेतो बग्ने गर्छ अब साचिकै पानीको मुहान फुटाउने हाे भने अब आउदो सालदेखी राम्रो स्रोत बनाउने हो भने जरुवा खोलालाइ सफा गर्ने र बिरुवा लगाउने र कपडा धुने पानी भन्दा बाहिर धुने र साबुन पानीमा नपार्ने खोलालाइ सफाइ गर्ने हो भने पक्कै पानीको मुहान फुत्ने डाँगीले बताउँनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?