कविता | बिजय तिलक

आक्रान्त मन
कालो बादल मढारि रहदा
मस्तिष्ककाे आकाशमा
साेचहरुकाे उथलपुथल बिच
जताततै महामारीकाे
समाचारका पङ्तिहरु बिच
थपिदै गर्दा अर्को एउटा
दुख्द समाचार
पिडामा फँसेको देखे
मानव मन
साेच्ने शक्ति गुमाउँदै
आत्माबल हराउँदै ।

केवल प्रतिक्षा देख्छु सूर्यकाे
न्यानो पन लिई आउँछ आउँदैन्
दिपिका सँगै
जीवन ज्याेति ल्याउँछ ल्याउँदैन्
आँखामा कान्ति मृदुल छाउँछ छाउँदैन्
हर घडी हर निमेष हर पल
निरिह सरि प्रतिक्षामा
लडाइँ चलि रहेछ
मृत्यु अनि सर्वश्रेष्ठ मस्तिष्ककाे
सानो जिवाणुले मच्चाएकाे टाण्डव बिच
हिमाल झुकाउन
आत्माविश्वासकाे बस्तिमा डरेलाे लगाउन
मनाेबल गिराउन उ लागि परेको
अट्टाहास गर्दै अघि सर्दै अालिङ्गनमा लिन
उद्दत् छ पीडा माथि पीडा दिन
ओहाे असैय पीडा
साेचाई भन्दा माथिकाे
धौरेता भन्दा परकाे ।

ईन्द्रवति सरि बगि रहेछन् आँखा
नितान्त शून्य निहालि
नेपथ्यकाे आवाज कानमा पर्दा
बाँच्ने आशा प्रवल भैदिदा
सिरानीमा बसि
निहालि रहेकाे छ जिवाणु
कुन बेला निमेष भरलाई बन्द हाेला परेलि
उत्सव मनाउला मृत्युको भनी
कठिक लडाइँ बाच्नुकाे
त्यो भन्दा कठिन मृत्युकाे
सहन ओहाे औधि कठिन
काेराेनाले दिएकाे पिडाकाे
मृत्यु धुर्ब सत्य हाे
मृत्युको भय किन ?
तर याे पीडा .. औधि ।

हर मानव मन
अझ धेरै सजग हुँदै
सुरक्षित रहन
अनुराेध छ
हर काेहिले बिजय पाउनु छ
सगरमाथा सरि झल्मलाउनु छ
आक्रान्त विश्व मुस्कुराउनु छ
आमाकाे आँखाकाे ज्याेति
बाबाकाे बुढेसकालकाे लाठी
प्रियश्रिकाे श्रृङ्गार
जाेगाउनु छ
हाे जाेगाउनु छ
देशको मेरुदण्ड युवा शक्ति
मानव हस्ति ।

पूण बिराम लाग्ने छ
हार स्वकार्न बाध्य हुने छ
जिवाणु
अवस्य तगारो बन्ने छ
मायालु मनकाे प्राथना
ईश्वरीय अनुकम्पा
सकारात्मक साेच
उच्च मनाेबल
सहयाेग
सजगता
ओहाे हृदय देखि कृतज्ञ रहे
हर भौरबि मन
ती सेता बस्र धारि देवताहरु प्रती ।

पुनम घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?