गर्भवती भएको थाहै थिएन, उडिरहेको विमानभित्र अचानक छोरा जन्माएपछी सबै छक्क परे

एजेन्सी । अमेरिकाको उटाहकी एक महिलाले विमानमार्फत् सल्ट लेक सिटीबाट होनोलुलु यात्रा गर्ने क्रममा जीवनकै बहुमूल्य उपहार प्राप्त गरेकी छिन् जब उनी अचानक प्रसव पीडामा पुगिन् र बच्चा जन्माइन् त्यो पनि गर्भवती भएको बारे कुनै जानकारी नै नभई ।

डेलीमेलका अनुसार लाभिनिया मौङ्गा आफ्ना परिवारसहित बुधबार हवाईको यात्रामा निस्किएकी थिइन् । त्यतिबेला उनलाई अचानक सुत्केरी व्यथाले गाँज्यो । डेल्टा फ्लाइटमा भएका अन्य यात्रीले ती महिलालाई विमानभित्र बच्चा जन्माएकोमा बधाई दिएको फुटेज पनि सार्वजनिक भएका छन् ।

पछि चालक दलका एक सदस्यले विमानको इन्टरकममा एक यात्रीलाई स्वास्थ्य सहायता आवश्यक परेकोले भन्दै अन्य यात्रीलाई आफ्नै सिटमा बसिरहन आग्रह गरेको सुन्न सकिन्छ ।

हान्सेनले थपिन्, ‘गर्भावस्थाको तेस्रो त्रैमासिकमा पनि उनलाई किन विमान यात्रामा अनुमति दिइयो भन्ने धेरैलाई लागिरहेको होला । म उनको बुवाको ठ्याक्कै अघि बसेकी थिएँ र उनले भने, ‘छोरी गर्भवती भएको हामीहरुलाई पनि थाहा थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?