रोल्पा परिवर्तन गाउँपालिकाका चट्याङ पीडित परिवारलाई राहत प्रदान

राेल्पा । रोल्पामा चट्याङ पीडित परिवारलाई राहत प्रदान गरिएको छ। परिवर्तन गाउँपालिका वडा नम्बर ३ को ताइबाङ्गमा गत बैशाख १६ गते परेको चटयाङमा परेर घर नष्ट भएका राम कुमार रानाको परिवारलाई सोही वडाको लाली गुराँस युवा क्लवको पहलमा राहत प्रदान गरिएको हो। सो दिन परेको चटयाङमा परेर राम कुमारको घर सहित घरभित्र रहेका धनमान अनि खाद्यान्न सबै नष्ट भएको थियो।

क्लवको पहलमा राहत संकलन गरेर नगद तथा जिन्सी राहत सहयोग प्रदान गरिको हो। क्लवको पहलमा संकलन गरिएको नगद रु सात हजार सहित करिब ३३ हजार बढीको जिन्सी पीडित परिवारलाई हस्तान्तरण गरिएको चर्वित जनवादी गायक तथा संगीतकार झंकार बुढामगरले बताए।

संकलित राहत क्लवका अध्यक्ष बिनोद चन्द र क्लवका पुर्व अध्यक्ष तथा सल्लाकार दिपेन्द्र डाँगीले हस्तान्तरण गरेका थिए। सो राहत हस्तान्तरण कार्यक्रममै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँपालिकाका सचिव भक्त रिजालले पिडित परिवारलाई नगद रु. ५ हजार प्रदान गरेका थिए।


त्यस्तै सोही गाउँपालिका वडा नम्बर ५ वा साविक वडा नम्बर ७ कि अमृता बुढाले पीडित परिवारलाई जिन्सी समान राहत प्रदान गरेकी थिइन्। राहत पाएपछि पीडित परिवारले आफ्नो परिवारलाई राहतको पहल गर्ने क्लव, नेपाल कम्युनिष्ट पार्टीका साथै राहत दाताहरुलाई धन्यवाद दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?