बाबुको मृत्युपछी जब अन्तिम संस्कार गर्न लाग्दा सोहि स्थलमा नै जग्गा र सम्पत्तीको नाममा दाजुभाईबीच लडाई भएपछी…

काठमाडौं । कोरोनाकालमा भारतबाट निरन्तर मानवतालाई लज्जाबोध गराउने दृश्यहरु बाहिर आइरहेका छन् । यो बीचमा राजस्थान राज्यको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा केही व्यक्तिहरू अन्तिमसंस्कारमा आपसमा ल डाँ ई ग रि रहेको देखिन्छ । जब घटनाको वास्तविकता छानबिन गरियो, एउटा स्त ब्ध पार्ने घटना बाहिर आयो । भिडियो भिलवारा शहरको एक छेउमा रहेको सांगानेरको हो ।

त्यहाँ बुबाको अन्तिम संस्कारको तेस्रो दिनमा अस्थि संकलन गर्न गएका तीन छोराहरू अन्तिम संस्कार स्थलमा एक अर्कासँग ल डाँई ग र्दै थिए । अन्तिम संस्कारमा आएका गाउँलेहरूले हस्तक्षेप गरेपछि लडाँई साम्य भयो । विवाद बढ्दै गएपछि प्रहरी पनि पुग्यो । त्यसपछि, ल डाँई शान्तपूर्वक समाधानतर्फ पुग्यो ।

सांगानेरका प्रताप रावको भर्खरै निधन भयो । परिवारका सदस्यहरू बिहान उठ्नु भन्दा अघि अस्थि संकलन गर्न अन्तिम संस्कार स्थलमा पुगेका थिए । जानकारी अनुसार जग्गाको विवादलाई लिएर ती तीन दाजुभाइ बीच लडाँई शुरु भएको हो ।

हेर्दा हेर्दै बोलीबाट शुरु भएको ल डाँई हा त र ला त च लाउने अवस्थासम्म पुग्यो । यो देखेर अन्तिम संस्कारमा आएका व्यक्तिहरुले ती भाइहरूलाई बचाउन खोजे तर उनीहरु उल्टै गाउँलेहरुसँग पनि भिड्न थाले । सूचना पाएपछि सुभाषनगर प्रहरी चौकीको सांगानेर पोष्टबाट घटनास्थलमा प्रहरी पुग्यो र विवाद मिलायो ।

यस सम्बन्धमा सुभाषनगर पुलिस चौकी इन्चार्ज पुष्पा कासोटियाले भने कि परिवारका सदस्यको तर्फबाट उक्त ल डाँईको बारेमा प्रहरी चौकीमा कुनै निवेदन पेश गरिएको छैन । मानव संवेदनशीलतालाई गि ज्याउने यो घटना धेरै दुःखद हो । जब त्यहाँ अन्तिम संस्कार स्थलमा जग्गाको बारेमा अनुसन्धान गरियो तब लडाँईको थप कारण बाहिर आयो । यसलाई पारिवारिक विवादका रुपमा ब्याख्या गरिएको छ । यस विवादलाई लिएर परिवारका सदस्यहरूमाझ प्रायः लडाँई भइरहन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?