माडी गाउँपालिका ५ भावाङ झाैवाङ टाेलमा कोरोना राेकथाम तथा नियन्त्रण समिति गठन

राेल्पा । माडी गाउँपालिका ५ भावाङ साविक भावाङ ४ झाैवाङ टाेलमा नोभल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण समिति गठन गरेको छ।

जस्मा आमा समूह अध्यक्ष देविसरा ओली, बराहपुजे युवा क्लव अध्यक्ष नन्द कुमार खत्री, व्यापारी प्रतिनिधि जय बहादुर ओली, प्रहरी चाैकी हवल्दार मान बहादुर थापा, ढाङ टाेलबाट बाल ज्याेति प्रा.विका अध्यक्ष जय बहादुर घर्ती मगर, टाेल समिति तुल्सिराम ओली, उकाला टाेल लाल सिहं ओली, पान्डेरा टाेल कुल प्रसाद खत्री, चरीकाेट टाेल अमर बहादुर खत्री, हुलाकीबाट टाेल कृत बहादुर खत्री, मारवाङ टाेल कुल बहादुर बुढा मगर, महिला स्वास्थ्य स्वयंसेवीका भिम कुमारी घर्ती मगर सदस्य रहेका छन्।

समितिलाई कोरोना भाइरस रोगको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउने, जनचेतना अभिवृद्धि गर्ने, सजगता अपनाउने र आवश्यक सम्पूर्ण तयारी तथा निर्णहरु गरी सो को कार्यान्वयनमा गर्न गराउन एवं निरन्तर अनुगमन तथा निगरानी गर्ने जिम्मेवारी दिइएको छ।

मंगलबार पल बहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा टाेलका सक्रिय बुद्धिजीवी, व्यापारी, कर्मचारी, पत्रकार, युवा क्लव, आमा समूह लगाएतकाे सहभागी थियाे ।

काेराेना राेकथाम तथा नियन्त्रण समितिद्वारा गरिएका निर्णयहरू

१- झाैवाङ टाेलमा रहेका सम्पूर्ण पसलहरू विहान ७ वजे देखि ९ वजे सम्म र साझ ५ वजे देखि ७ वजेसम्म खाेल्ने र पसल भन्दा बाहिर १ मिटर दुरी कायम गरि डाेरी अथवा काठकाे घेरवार गर्ने ।

२- अन्तर जिल्लावाट आएका मानिसहरूलाई १० दिनसम्म सुरक्षित स्वास्थका मापदण्ड अपनाएर हाेम आइसाेलेशनमा राख्ने ।

३- यातायातका साधनहरू पाशवाहेकका अनावश्यक र अत्यावश्यक वाहेककालाई प्रहरी चाैकीले निगरानीमा राख्ने ।

४- भलिवल खेल, विवाह, व्रतबन्ध लगायतका कार्यहरूमा भलिवल खेल बन्द गर्ने र अन्य कार्यहरूमा समितिकाे अनुगमनमा १५ जना सम्मकाे उपस्थितिमा व्यवस्थापन गर्ने ।

५-गाउँटाेलमा हिड्दा अनिवार्य मास्क प्रयाेग गर्ने र झाैवाङ ठाेलमा रहेका नचारू समुहबाट मास्क र साबुन वितरण गर्ने ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =