तिम्रो तस्विर देखाउन चाहिन आमा

मध्यरातको १२ बज्दै थियो । एउटा साथिले आफ्नी आमाको फोटो फेसबुकमा राखेर आमाको मुख हेर्ने दिनको शुभकामना भनेर फोटो पोष्ट गरेको थियो ।

आमा अनि म निशब्द भए अरुकै आमाको तस्वीर बाध्यताले हेर्दैछु। तिमि संग हुन नपाउदा दु:ख छैन आमा तर तिम्रो त्यो बलिदान को अघि तिम्रो लागी आज सम्म खुसि दिन सकिन त्यो बाल्यकालमा तिमीले मलाई दिएको खुसि तिमीलाई बुढेसकालमा दिनसकिन, समय र परिस्थितिले टाढा छु । तिम्रो बोली नसुन्दै तिमीले गएकाे साल दशैमा टिका लगाउदै गर्दा खिचेको तस्विर ग्यालरीमा नभेटदै फेसबुकमा तछाड र मछाड गर्दै राखिएको फोटोले मन खिन्न भयो ।

आमा तिमीलाई सम्झन आजको दिन चाहिएन मलाई जब म बिहान ढिला सम्म सुत्दा तिम्रो त्यो बोलीले निद्रा खुल्थ्यो असाध्यै याद आएको छ आमा जब रात पर्छ कामको चापले थकाईले हात खुट्टा बिलिन हुन्छ तब तिमीले पकाएकाे मिठो खाना अनि मुस्काएको तिम्रो तस्विर आखामा आउँछन् ।
तिम्रो फोटो सामाजिक सञ्जालमा राखेर तिम्रो मायाको चर्चा गर्न मनलागि न आमा छोरी/छोरीले सम्झिएन भनेर निराश नहुनु तिम्रो ४ सन्तानमा जुन छोरी/छोरीले जसले तिम्रो काखलाई छोडेर आफ्नो नया जिवन सुरुवातको लागी तिमीलाई बुद्धाआश्रम पुरायो । उसले पनि बिहान ५ बजे फेसबुकमा फोटो हालेको रहेछ ।

त्यो फोटोमा हजारौ मायावी कमेन्टहरु धेरै देखे आमा तर त्यो झुटो माया तिमीलाई दिएन आमा, तिम्रो फोन अफ भन्छ कतै बिरामी पो छौकि भन्ने डरले निराश छु म,
‘आमा तिमीले पठाएको त्यो दु:ख कष्ट र बलिदान कहिल्यै भुल्ने छैन आफुले नखाएर मलाई खुवाएको मिठो र ९ महिना गर्भमा रहदा तिमीलाई दिएको पिडाको साटो तिमीलाई म बाचुन्जेल सेवा गर्ने छु।

आमा आजको स्पेशल होइन हरेक दिन स्पेशल हुनेछ मेरो लागी तिम्रो त्यो अपार माया र बलिदान प्रति मेरो सधै समान छ । म जति सुकै तिम्रो तारिफ गरु सबै अन्गिन्ती छन।
आज बैशाख औगी दिन मात्र होइन दिनहु तिम्रो मुख हेर्न पाउ…

कथामा आधारित आजको दिन मातातिर्थ को उत्पात सम्बन्धमा प्रचलित कथा अनुसार एउटा गाई चराउने चोर थियो । एकदिन गोठालोले आफ्नो मृतक आमाको सम्झनामा रोटीको टुक्रा फाल्यो । त्यो रोटीको टुक्रा त्यो दिन हरायो तर भोली पल्ट गोठालोले रोटी फाल्दा हराएन दिन औशी थियो । त्यो दिनदेखि गाउले सबले औशीको दिन छोराछोरी दिएको चिज खादा रहेछन भन्ने बिश्वासको आधारमा त्रस ठाउमा कुण्ड बनाई त्यस दिनदेखि हरेक दिन आजको दिनलाई आमाको मुख हेर्ने दिन मनाईदै आइरहेको छन् । तर म यो कुरा मान्दैन् मेरी आमा तिम्रो त्यो मुख बिहान उठ्दा र बलुकी सुत्दा हेरेर निदाउन पाउ,
अर्को तर्फ अहिल्यै विदेशी भुमिमा नफर्किने गरी तिम्रो हरेक दिन स्पेशल बनाउन तिम्रो यो छोरी/छोरा तिम्रो साथमा हुनेछ। फोटो हालिन भनेर नरिसाउन है मेरी आमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?