आमाको मुख हेर्ने दिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग

  • चाेम बिष्ट

राेल्पा । रोल्पाको लुङग्री गाउँपालिका ६ तल्लो गुम्चालमा रहेको श्री ज्योति आधारभूत विद्यालयकाे खानेपानीलाई आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औंसिको दिनकाे अवसरमा आर्थिक सहयोग गरिएकाे छ ।

स्वर्गीय आमा धनसरी बिष्टको सम्झनामा भिम बहादुर बिष्ट, गिर बहादुर बिष्ट र अमृत बिष्टले एकमुष्ट रुपमा ११ हजार १ सय ५१ रुपैयाँ भिम बहादुर बिष्टका बुवा बिके बिष्टद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकुराम बिष्टलाई सहयाेग रकम हस्तान्तरण गरिएको हाे ।

विद्यालय बन्द भएपनि अनौपचारिक रूपमा लकडाउनको पुर्ण पालनागर्दै आज सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको र यस सहयोगले विद्यालयकाे आवश्यकतालाइ मध्यनजर गरि सहयोग गर्नुहुने तिनै जनालाई धन्यवाद सहित अगामी दिनमा पनि यसरी सहयोग साथको अपेक्षा गर्दै विद्यालय हामी सबैको साझा सम्पत्ति भएको हुदा अझै पनि बिधालयको स्तर उन्नति वृद्धि गर्नकोलागी थप सहयोगकोलागी अन्य सहयोगिमनहरु प्रति अपेक्षा समेत रहेको टेकुराम बिष्टले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?