नेपाल-खनाल समूहका सांसदद्वारा राजनीनामाको संकेत

काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुले राजीनामा दिने संकेत गरेका छन् ।

नेपाल-खनाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफ्नो समूहका सांसदहरुको राजीनामा आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखका छन्,‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’

राष्ट्रपति विद्यादेवि भण्डारीले बिहिबार बेलुका ९ बजेभित्र बहुमतको सरकारको दाबी गर्न विपक्षमा रहेका दलहरुलाई आह्वान गरेकी छन् ।
त्यसअघि नै एमालेको नेपाल समूहका सांसदहरुले पदबाट राजीनामा दिने तयारी गरेको जनाइएको छ ।

नेता रावलले ट्वीटरमा यस्तो लेखेका छन्-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?