नेपालमा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण र ७ सय ७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

याेसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =