ओलीसँगको वार्तापछि नेपालले भने : तत्कालका लागि राजीनामा टर्‍यो

काठमाडाैं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवास बुढानीलकण्ठमा भएको भेटवार्तापछि वरिष्ठ नेता नेपालले तत्कालका लागि आफूहरूको राजनीमा टरेको बताएका छन् । भेटवार्तामा ओली र नेपाल सहमति नजिक पुगेका छन् ।

बैठकपछि बाहिँरिदै वरिष्ठ नेता नेपालले फेरी बैठक बसेर समस्या समाधान गर्ने सहमति बनेको जानकारी दिए । उनले आज राजीनामा दिने विषय अब टरेको बताए । उनले भने, ‘राजीनामा दिने कुरा आज भएन । अब सहमतिको आधारमा टुंगो लाग्छ ।’

अध्यक्ष ओलीसँगको छलफलका क्रममा नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि गरेका सबै निर्णय फिर्ता लिन आग्रह गरेको जानकारी दिए । उनले भने, ‘मिल्ने दिशामा अघि बढ्न खोजेका छौं । सबै कुराहरु आगामी बैठकपछि टुंगो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?