कर्णालीमा गजलमा २८ बैशाख २०७८ मा प्रकाशित सात गजलहरू

कर्णालीमा गजलको २०७८ बैशाख २८ गते मंगलबारको दिन प्रकाशित अंकका सात गजलहरू

१) गजल
धाेका पाउनेहरूमा एउटा सारङ्गी हुनुपर्छ ।।
बजाई हिड्ने मान्छे उसकाे साची हुनुपर्छ ।।

चाहिन्छ भने आउ मेराे गर्दन काटेर लैजाउ ।
कृपया बदलामा मेराे देशमा शान्ति हुनुपर्छ ।।

सम्मानका लागि मलाई स्टेजमा नबाेलाउनुस ।
म हुनुकाे स्रेय बा-आमा उहाँ माथी हुनुपर्छ ।।

विदेश नजा भन्नुहुन्छ जागिर दिन सक्नुहुन्न ।
कि त हजुर जस्तै म पनि भ्रष्टचारी हुनुपर्छ ।।

सबै भए पनि यहाँ काेही नभए जस्ताे लाग्ने ।।
एउटा तिमी जस्तै अर्काे राजधानी हुनुपर्छ ।।
प्रभात न्यौपाने, कपिलवस्तु

२) गजल
मनले सोचेको खोजेको जोडि पाइएन अझैसम्म !
मायामा ज्यानै दिने पिरती लाइएन अझैसम्म !

राम्रा त हजारौं थिए केटी मनको भाव नबुझे पछि,
खुलेर कसै सामु प्रेम भाका गाइएन अझैसम्म !

यो दुनियाँ बारम्बार हिटलर बन भन्छ मलाई ,
सुखी देवदास बन्न मदिरा खाइएन
अझैसम्म !

बा आमाको सहारा बुढेसकालमा त्यहीँ एउटा छोरो,
खोसेर घर उजाड्ने श्रीमती चाहिएन अझैसम्म !

गाउँले हुँ मलाई रोधी नै प्यारो लाग्छ आफ्नो ,
पोख्न जवानी क्रीडा घर, डिस्को धाइएन अझैसम्म !
रिजाल विनोद
बेलबारी २ लालभित्ती मोरङ

३) गजल
तिमी टन्न खान्छौ र लेख्छौ,म भोकमा गजल लेख्छु
तिमी हल्का तान्छौ र लेख्छौ,म शोकमा गजल लेख्छु

नियतीले खेल खेल्यो धेरै पटक म माथी हेर
तिमी खुसी मान्छौ र लेख्छौ,म झोंकमा गजल लेख्छु

चाहिदैन सादा पाना न आवश्यकता कलमको
तिमी कोठा छान्छौ र लेख्छौ,म चोकमा गजल लेख्छु

मलाइ छैन चाहाना सम्मान बटुल्न गलाभरी
तिमी तक्मा लान्छौ र लेख्छौ,म थोकमा गजल लेख्छु

सपना देख्छु,विपना पापी छ,कल्पना उडाउछ
तिमी कता जान्छौ र लेख्छौ,म लोकमा गजल लेख्छु
प्रदिप प्रखर पोखरेल
रेसुङ्गा नगरपालीका-१४,(पराल्मी)गुल्मी

४) गजल
उकाली र ओराली मा पाईला चाल्न सक्दिनौ कि
गाई भैंसी पाल्नुपर्छ गोबर फाल्न सक्दिनौ कि!

शहर् मा झैं हुन्न सानु,झुप्रे घर् का भित्ता हरु
मांटो मुछि तिम्रा कोमल हातले टाल्न सक्दिनौ कि!

ग्यांस हुन्न हिटर हुन्न,दाउरा जोहो गर्नु पर्छ
धुंवा संग गुम्सिएर चुलो बाल्न सक्दिनौ कि!

अर्म पर्म मेलापात गर्नु पर्छ रमाउदै
आफ्नो शरीर त्यतापटि अलिक ढाल्न सक्दिनौ कि!

तिमीलाई जीवन् भरि मायां गर्छु भन्छ्यौ तर-
यति कुरा पुरा गरि,मलाई पाल्न सक्दिनौ कि!!
चेतनाथ दाहाल
कानेपोखरी२ मोरङ्ग

५) गजल
म त भुइँकाे धुलाे हुँ तिमीले कुल्चिन पर्छ
मैले त दुश्मनलाई पनि मित्र सम्झिनु पर्छ

उपहारमा मलाई महलर नदेउ प्रिय
भाेलि हामी छुट्टिन परेपछि झुन्डिन पर्छ

तिमी त फूल रहेछौं अर्कैकाे शिरमा सजिएका छाै
घन हो म त ती पत्थर हरूमा ठाेकिन पर्छ

कालाेपत्रे भन्दा खाल्डाेपत्रे गर सरकार
यहाँ यात्रा गर्दा ढुङ्गा जस्तै उछिट्टिन पर्छ

पानी र जवानीकाे कहिल्यै भर हुदैँन मित्र
थाहै हुन्न खै कहाँनेर गएर पाेखिन पर्छ

मायामा ख्याल ठट्टा नगर्नु होला सिरू सँग
परेपछि मायामा कि झुन्डिन कि उत्रिन पर्छ
सृजना खत्री सिरू
सुर्खेत

६) गजल
रित्तिएको भकारीले विद्रोही बनाउदो रहेछ
अचेल इमानदारीले विद्रोही बनाउदो रहेछ

हजारौं जोसिला युवाहरु बरालिएका छन्
त्यसैले बेरोजगारीले विद्रोही बनाउदो रहेछ

बिहे गरेकै वर्षमा बिचरीको सिउदो पुछियो
अरुको रातो सारीले विद्रोही बनाउदो रहेछ

बोकेर कहिल्यै सिद्धिएन भरिया दाईको दुख
उनलाइ त भारिले विद्रोही बनाउदो रहेछ

जवान भएका छोराहरू बेपत्ता पारिएपछि
बाँझो रहेको बारीले विद्रोही बनाउदो रहेछ
भिषण जङ्ग बिष्ट कैलाली

७) गजल
मायाको बदलामा आँसु उपहार दियौ
आफ्नो सम्झिएकै हो झुटो प्यार दियौ

सायद तिमीलाई सुख दिन सकिनँ मैले
पानीको सम्बन्धलाई नि आकार दियौ।।

जीउँनलाई धेरै कलाहरू छन् जिन्दगीमा।
तिमीले खोक्रो अनुहारलाई श्रृंगार दियौ।।

कहिल्यै बुझिनौ मेरो मनको व्यथाहरू।
त्यसैमाथी धोका छल कपट लगातार दियौ।।

छट्पटीएको थिएँ तिम्रै पिडाले हरपल।
मलमको साटो बाँचूँ कि मरूँ दोधार दियौ।।
श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गा पा ८ बल्लेखोला प्युठान
लुम्बिनी प्रदेश ५ पश्चिम नेपाल
हाल,भारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?