राेल्पामा थप एकजना काेराेना संक्रमितकाे मृत्यु

राेल्पा । राेल्पामा थप एकजना काेराेना संक्रमितको मृत्यु भएको छ । माडी गाउँपालिका ५ भावाङ (मजवाङ) बस्ने ४२ वर्षीय पुरुषकाे राेल्पा अस्पतालमा उपचारको क्रममा बिहीबार राती मृत्यु भएको हो ।

अस्पतालकाे काेभिड आइसाेलेशनमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी कुल बहादुर डाँगी जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी बैशाख २६ गते अस्पतालमा भर्ना भएका थिए ।

कोरोना संक्रमित ती पुरूषकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साेही दिन काेभिड आइसुलेशनमा भर्ना गरिएको माडी गाउँपालिका ५ भावाङका वडा अध्यक्ष भरत बहादुर बुढा मगरले जानकारी दिए ।

कोरोना संक्रमणबाट राेल्पामा अहिलेसम्म याेसहित ३ जनाकाे मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?