हावाले भरिएको बेलुन र घमण्डले भरिएको मान्छे उस्तै हुन्, जसलाई फुटाउन पर्दैन, आफै फुट्छ

१-पग्लिरहेको हिउँ जस्तै बन, आफुलाई पखाल्दै जाउ ।

२-तिमी ठुलो आवाज मार्फत होइन, शब्दहरु मार्फत बोल किनकि फूलहरु फुल्ने पानीको कारणले हो, मेघ गर्जनले होइन ।

३-सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।

४-हावाले भरिएको बेलुन र घमण्डले भरिएको मान्छे उस्तै हुन्, जसलाई फुटाउन पर्दैन, आफै फुट्छ ।

५-असफल मान्छे दुनियाको दरले सोच बदल्ने गर्छन् तर सफल मान्छे आफ्नो सोचले दुनियालाइनै बदल्ने गर्छन् ।

६-जिन्दगीको एक मात्र लक्ष्य जागिर खाने होइन, अरुलाई जागिर खुवाउने बन्नु छ ।

७-दिमाग जहिलेपनि कुनैपनि चुनौतीको सामना गर्नाले धेरै बुद्दिमानी हुन्छ ।

८-मेरो दिलमा कतिमाया थियो उनले उन्ले जानेको भए के हुने थियो र, मैले मागेको थिए भगवान संग, उनले पनि माग्देको भए के हुनेथियोर ?

९-मान्छे त त्यो हो जसले अरुको दुखलाई पनि महशुस गर्ने गर्छ किनकि आफ्नो दुख मात्र त जनावरले पनि महशुस गर्छ ।

१०-आशा गरिएका सबैकुरा त कहिले पुग्दैन तर आशा गर्न पनि छोडनु पनि त हुदैन आशा नै जिन्दगीको अर्को नाम हो ।

११-असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन ।

१२-एउटा मान्छेले जिन्दगीलाई सोधेछ कि किन सबैलाई खुसी दिदैनस ? तब जिन्दगीले भनेछ, म सबैलाई खुशी नै दिने गर्छु तर मान्छेको स्वभाव नै यस्तो छ कि एउटाको खुशी अर्कोको लागि दुख भईदिन्छ ।

१३-बुझ्न नसकिने मान्छेको मन अनि स्वाभाव ।

१४-कुरा नबुझेर नबोल , बोलाइ अनि बुझाइ फरक भयो भने बोल्नुको कुनै अर्थ रहदैन ।

१५-जीवनमा दुई प्रकारका मान्छेहरु असफल हुन्छन्, एउटा जो सोच्छन् तर गर्दैनन् र अर्को जो गर्नु भन्दा पहिले सोच्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?