ओलीले ४३ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै, सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज ४३औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्दै छन् । संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।

दिउँसो साढे २ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा ओलीले ४३ औँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदै छन् । शपथ लिएसँगै उनले मन्त्रिमण्डल पनि विस्तार गर्ने तयारी गरेका छन् ।

अहिलेको मन्त्रिमण्डल सानो आकारको बन्ने उनीनिकट स्रोतले जानकारी दिएको छ । आफूसँग चोइटिएको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षकालाई पनि मन्त्रिमण्डलमा समेटेर लैजाने ओलीकाे तयारी छ । तर, नेपाल पक्ष भने सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्न बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?