कोरोना जितेर पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

काठमाडाैं । पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनीसँगै छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको हो ।

उनीसँगै पूर्वराजा ज्ञानेन्द्र शाह पनि संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा शाह भने वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । कोरोना संक्रमणपछि अक्सिजन लेबल घटेपछि पूर्वरानी शाहलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?