राेल्पामा आज एकैदिन ५८ कोरोना संक्रमित थपिए

रोल्पा । राेल्पामा आज एकैदिन ५८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

हालसम्म ३ सय ८५ जनाको एन्टीजेन परिक्षण गर्दा १ सय ४४ जना र ५ सय २६ जनाको पिसिआर परिक्षण गर्दा २ सय ५५ जना संङ्क्रमित थपिए सगै आज सम्म ३७७ जनामा काेराेना संङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म हाेम आइसाेलेशन ३ सय ५२ जना र राेल्पा अस्पतालकाे आइसाेलेशनमा ८ रहेकाे जिल्ला अस्पताल राेल्पाले बताएको छ । अन्य १७ जना संक्रमित जिल्लाका विभिन्न आइसाेलेशनमा रहेकाे जिल्ला प्रशासन कार्यालय राेल्पाले बताएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या ३ सय ७७ जना पुगेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?