एनआरएन अमेरिकाकाे नेतृत्वमा लामिछानेकाे उम्मेदवारी

  • किशन रेग्मी, टेक्सास अमेरिका

निर्वाचनको संघारमा रहेको गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरिकाको नेतृत्व पदको उमेद्वारका रुपमा देखिएका कृष्ण लामिछाने यतिबेला चर्चामा छन् । टेक्ससको डालस स्थित नेपाली मन्दिरबाट औपचारिक उमेद्वारी घोषणा गरेर एनसीसी अमेरिकाको नेतृत्वका निम्ती यतिबेला सुझाव संकलन सहित मतदाता र समर्थक भेट्न बिभिन्न राज्यको भ्रमणमा रहेका लामिछाने लामो समयदेखी बिभिन्न सामाजिक संघ संस्था र एनआरएनए आवद्ध ब्यक्ती हुन् जो संग लामो समयको सकारात्मक सामाजिक र नेतृत्व छवि स्थापित छ ।

यस अघिको निर्वाचनमा समेत अध्यक्ष पदका प्रत्यासीका रुपमा देखिएका लामिछाने यस पटक भने मत परिणाम सम्मकै चुनावी यात्रामा देखिने भएका छन् । झण्डै २ दशकबाट अमेरिकाको टेक्सस राज्य स्थित डालसलाई कर्मक्षेत्र बनाएका लामिछाने पेसागत रुपमा ब्यावसायी हुन् । तर उनि आफ्नो परिवार र निजी ब्याबसायबाट समय निकालेर बिभिन्न संघ संस्था मार्फत एवं ब्यक्तिगत रूपमा समेत प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सामाजिक कार्यमा सक्रिय देखिदैं आएकाले पनि उनिप्रतिको विश्वास नेपाली समुदाय, मातृभूमि र अन्य देशका प्रवासी नेपालीबिच पनि मजबुत रहेको पाईन्छ ।

गोरखा जिल्ला हालको लखनथापा गाउँपालीका नामजुङमा जन्मेका लामिछाने बर्तमान कार्यसमितीका बोर्ड आफ डाइरेक्टर हुन् । जसले टेक्सास आएका सुरुवाती दिनबाट नै सामाजिक कर्मलाई अघि बढाएका थिए । नेपाली समाज टेक्ससका पुराना सदस्य उनि नेपाली पाठशाला र समर क्याम्प समेत चलाएर नेपाली बालबालिका तथा भाषगत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका लामिछाने यस अघि एनआरएनए अमेरिका तथा आइसिसीका विभिन्न पदमा रहेर काम गरिसकेका ब्यक्ती हुन् जो सन् २००५ देखि नेपाल डेमोक्रेटिक फोरम, ड्यालसको अध्यक्ष रहेका थिए भने २००७ मा आइसिसीको दोहोरो नागरिकता समितिको सदस्य समेत रहेका उनि आइसिसी अन्तरगत नेपाली भाषा साहित्य समितिको संयोजकका रुपमा पनि काम गरेका अनुभवी अभियन्ता हुन् जसले आइसिसीको मानार्थ सदस्य तथा एनआएरए अमेरिकाको बोर्ड अफ डाइरेक्टर भएर संस्थागत रुपमा क्रियाशिल छवि बनाउँदै हालको एनसीसी नेतृत्व पदको दावेदारी सम्मको यात्रा तय गरेका छन् ।
जनसम्पर्क समिति अमेरिका स्थापना लामिछानेकै पहलमा भएको हो । उनी सहित केही समुह मिलेर स्थापना गरेको जन सम्पर्क समितीका उनि संस्थापक महासचिव हुन ।

सन् २००९ मा उनी ड्यालस एभरेष्ट लायन्स क्लबको सभापति निर्वाचित उनकै नेतृत्वमा सिएनएन हिरो पुष्पा बस्नेतको क्याम्पियन चलेको थियो जसको कदर स्वरुप लामिछानेले सो समय प्रेसिडेन्टल अर्वाड प्राप्त गरेका थिए ।

सन् २०१३ देखि २०१५ सम्म नेपाली समाजको सदस्य रहेका लामिछानेले २०१५ – २०१७ अध्यक्ष भएर काम गरेका थिए । यि र यस्ता धेरै सामाजिक गतिविधीमा सक्रिय उनि मातृभूमि नेपालका समस्या माथि पनि संधै सचेत र गम्भिर देखिने नेपाली हुन् जसले आफ्नो कार्यकालमा नेपाली समाज टेक्ससको तर्फबाट उल्लेख्य काम गरेका थिए। उनको पहलमा नेपालमा १२ वटा स्कुलहरु निर्माण भएका थिए । ब्यक्तीगत रुपमा पनि नेपालका गरीब तथा जेहन्दारलाई छात्रवृत्ति देखि अन्य धेरै सहयोगहरु गरेका छन् । गोरखाको नामजुङका जलदेवी प्रावि र जनशक्ती उच्च मावी उनकै ब्यक्तीगत पहलमा निर्माण भएका हुन् भने भुकम्पका समय पिडित परिवारका लागि दुईकरोड भन्दा बढि रहक उनकै पहलमा संकलन गरिएको थियो ।

अमेरिकाका रहेका नेपाली संवद्ध संस्थाहरुमा निभाएको जिम्मेबारी र नेपाली भाषा संस्कृती र मातृभुमी नेपालका समस्यामा समेत संधै सक्रिय भुमीकामा देखिने लामिछानेको उमेद्वारी यस पटक सबै भन्दा चर्चामा रहेको छ ।

खाषगरी बिभिन्न कारणले अमेरिकामा अप्ठेरोमा परेका र निधन भएकाहरुका लागि उनि खटिरहेको देखिन्छ । कसैको आडमा नभई अमेरिकामा रहेका नेपालीहरुको चाहनाले नै उमेद्वारी दिएको बताउने लामिछानेले गरेको अर्को महत्वपूर्ण काम प्रवासी नेपालीका बालबालिकाका लागि कक्षा ६ सम्मको नेपाली पुस्तक प्रकाशन पनि हो । जो हाल बिश्वभरी रहेका नेपाली बालबालिकाले नेपाली भाषा सिक्नका लागि अत्यन्त उपयोगी बनिरहेको छ ।

नेपाली कांग्रेसको भात्रि संगठन जन सम्पर्क समितीको स्थापना उनकै पहलमा भएकाले पनि लामिछानेसंग कांग्रेस निकट ब्यक्तीहरुको पूर्ण समर्थन रहने देखिन्छ । यस पटकको उनको उमेद्वारीप्रति जन सम्पर्क समिति अमेरिकाका पूर्व संयोजक तथा नेपाली कांग्रेसका मह समिति सदस्य बिष्णु सुबेदी लगायत आइसीसीका सचिब गौरि राज जोशी , सल्लाकार हरिबोल भण्डारी , आरसी राजन त्रिपाठी लगायत अमेरिकामा रहेका धेरै आइसीसी सदस्यहरुको समेतको लामिछानेलाई समर्थन रहेको बुझिएकाले पनि यसपटक को एनसीसी अमेरिकाको निर्बाचनमा लामिछानेको उम्मेद्वारीको चर्चा रहेको पाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?