राेल्पामा आज एकैदिन २० जना कोरोना संक्रमित थपिए

रोल्पा । राेल्पामा आज एकैदिन २० जना कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म ५ सय १० जनाको एन्टीजेन परिक्षण गर्दा १ सय ४६ जना र ४ सय ४५ जनाको पिसिआर परिक्षण गर्दा २ सय ६३ जना संङ्क्रमित थपिए सँगै आज सम्म ३९७ जनामा काेराेना संङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म हाेम आइसाेलेशनमा रहेका ३ सय ६३ जनाकाे स्वास्थ अवस्था सामान्य रहेकाे र राेल्पा अस्पतालकाे आइसाेलेशनमा ५ जना रहेकाे जिल्ला अस्पताल राेल्पाले बताएको छ । अन्य ३० जना संक्रमित जिल्ला भित्रका विभिन्न आइसाेलेशनमा रहेकाे जिल्ला प्रशासन कार्यालय राेल्पाले बताएको छ ।

हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्लामा उपलब्ध स्वास्थ्य पुर्वाधारका रुपमा रहेको वेड ७६ वटा रहको छ । कोभिड परिक्षण गर्ने अस्पताल ५ वटा रहेकाे स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ । जिल्लामा उपलव्ध अक्सिजन सिलिन्डर ८ वटा र एम्बुलेन्स १८ वटा रहेको बताइएको छ । रोल्पामा अहिले सम्म आईसियु र भेन्टीलेटर नभएको जनाइएको छ ।

कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै रोल्पामा काेराेना संक्रमित १८ जना निको भएर घर फर्केका छन् भने ५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?