कोरोनासँग मेरो अनुभव : विनु ओली

अहिलेको वर्तमान परिवेशमा बिभिन्न सामाजिक सञ्जालमा आएका लेख पढ्दा साह्रै दुख लाग्छ । नकारात्मक भन्दा सकारात्मक पोष्ट गरौं । जसबाट कोरोना संक्रमितहरुलाई हौसला प्रदान होस् ।

त्यसैपनि संक्रमितहरुको मनोवल गिरेको हुन्छ । त्यसबेला मनोवल उच्च हुने र हौसला बढ्ने खालका लेखहरु लेखौ जस्तो लागेर मलाई पनि केही शब्द कोर्न मन लाग्यो ।

भर्खैर यो महामारीबाट म र मेरो परिवार अछुतो हुन सकेन । तर पनि त्यसलाई जितेर बाहिर निष्कन सफल भएका छौ । यस्तो परिस्थीतिमा सामाजिक रुपमा तिर्सकृत भए जस्तो सबैले आफुलाई हेरे जस्तो अरुबेला भन्दा बेग्लै प्रकारको अनुभव हुने तर पनि घर परिवारको साथ सहयोग र आफ्नो मनोभावनालाई उच्च राख्दै कत्ति पनि चिन्ता नलिएर स्वास्थ्यलाई ख्याल गर्दै निरन्तर अगाडी बढे् ।

गत बर्ष नै कोभिडको बारेमा सुनेको थिए । तर अनुभूति थिएन । तर दोस्रो लहरले मलाई र मेरो परिवारका सदस्यलाई छाेडेन् । मलाई कहाँबाट संक्रमित भए भन्ने थाँहानै भएन ।

बैशाख ८ गते दिँउसो देखि अलि सन्चो नभए जस्तो ,टाँउको भारी भए जस्तो,जिउँ दुखे जस्तो महसुस भयो । बिद्यालय जाने र अध्यायपन गराउने दैनिकी थियो । तर त्यस दिन बेलुकी अलि स्वास्थ्यमा समस्या आए झै अनुभूति भयो । भोलीपल्ट बिद्यालयमा स्टाफले घरमै रेष्ट गर्न सक्ने सुझाब दिएपछि आराम गर्न थाले । त्यसरात ज्वोरो आयो । पीसिआर टेष्ट गराउने निधो गरे र तुलसीपुर क्षेत्रमा टेष्टको ब्यबस्था नै थिएन । भोली पल्ट बिहान घोराही स्थीत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुगे । पीसिआर टेष्टका लागि नाम लेखाएर लाईनमा बस्दा निकै थकित महसुस गरे र थकित अबस्थामा पनि उभिन बाध्य थिए । छेउको कुर्सीको साहारा लिएर लाईनमा बसी पीसीआर टेष्ट झण्डै ३ घण्टा पछि गरियो । छेउछाउमा लाईनमा बसेका एकजना बृद्धको चित्कार,केही अन्यको अबस्था देख्दा मनोवल खस्कीयो तर समालिए ।

भोलीपल्ट बैशाख ११ गते रिर्पोट आयो तर छोडेन मलाई पनि , पोजेटीभ नै थियो । रिर्पोट प्राप्त भए पछि गिर्दो मनोवल त झन उच्च भयो । अव घर परिवारलाई संक्रमित हुन दिन हुदैन, एकान्त बासको ब्यबस्थापन,खानपीन र दैनिक दिन चर्याको तयारीमा जुट्ने तत्काल निधो गरे ।
आबश्यक औषधिका लागि श्रीमान् मार्फत स्वास्थ्यकर्मी बिमल केसी जी सँग परामर्श भयो । केही औषधिको ल्याईयो । स्वास्थ्य सम्बन्धि अध्ययन मेरो अनुभवका कारणले पनि हुन सक्छ मनोवल उच्च नै रहि रह्यो । ज्वोरो आयो,सिटामोल प्रयोग गरे । १००भन्दा माथि गएन । लामो समय सम्म खोकि लाग्यो त्यसका लागि कफसिरफ प्रयोग गरे । बेलाबेलामा टिमुर,ल्वाङ जस्ता जडीबुटि पनि प्रयोग गर्न छोड्ेन । पौष्टिक आहार,तातोपानी,सुप निरन्तर रुपमा लिए । मुख मिठो थिएन, बास्ना र गन्ध आउदैन थियो । तर रोगलाई जित्नुपर्छ भनेर अरु बेला भन्दा बढी पौष्टिक आहार लिने गरे ।

घाँटी सुके झै हुने ,असजिलो महसुस हुदा डर लाग्दथ्यो । अस्पताल तत्काल गईहालु जस्तो लाग्दथ्यो तर मध्यरातमा श्रीमान,दुई छोरीको हौसला र तातोपानीको ब्यबस्थाले मलाई अमृत सरह भयो । जसका कारण केही सहज महसुस हुने गर्दथ्यो । स्वास प्रस्वासमा समस्या आउने बित्तिकै घोप्टो परि सुत्न छोडिन ।

झण्डै ६/७ दिन सम्म केही असजिलो महसुस भईनै रह्यो । तर पनि मलाई मेरो परिवारले साथ छाेडेन् । हसाँउने ,गफमा भुलाउने,खुसी बनाउने, मनोरञ्जन दिन छोडेनन् । श्रीमान् सुशील तथा दुई छोरी स्नेहा र निष्ठाले प्रयासलाई नछोड्दा मेरो अनुभवमा संक्रमणले च्याप्न पाएन ।

कोरोना संक्रमणले दिउँसोमा त्यति नसताए पनि राती भने अलि बढी सताउने गर्याे । अनि एकान्त र सुनसान मध्यरातमा मनलाई गिर्न दिईन । कोरोना जित्ने एउटा मुख्य उपाय हौसला,उच्च मनोवल,सकारात्मक सोच रहेको मलाई अनुभूति रह्यो । तत्काल सानो छोरी,बुवा मुवा (सासु ससुराको पीसीआर टेष्ट पोजेटिभ आयो । मेरो अनुभवले उहाँहरुलाई कोरोना मुक्त गराउन हाम्रो परिवार सफल भयो।

यो सफलताका लागि स्वास्थ्यकर्मी बिमल केसी जी, तुलसीपुर उपमहानगपालिका नगरप्रमुखको सचिवालय र वडा नम्वर ६ को स्वास्थ्य शाखाका यज्ञ केसीले फोन मार्फत दिनुभएको स्वास्थ्य अबस्थाको जानकारी, सल्लाह सुझाब र स्वास्थ्य लाभको कामना गर्दा साह्रै खुशी लाग्यो ।
उहाँहरुलाई पनि धन्यबाद दिन्छु । तत्कालीन अबस्थामा कोरोना संक्रमित भएकी सहकर्मी सुनीता म्यामले मेरो र परिवारको स्वास्थ्य अबस्थाका बारेमा चासो लिनु भयो । जसका कारण मलाई कोरोना जित्न उच्च मनोवल प्रदान भयो । साथै मेरा साथि भाई ईष्टमीत्र,सहकर्मी जस्ले मलाई निरन्तर हौसला प्रदान गरिरहनुभयो । उहाँहरुप्रति कृतज्ञ छु । स्वस्थ्य रहौ सुरक्षित रहौ ।

विनु ओली
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ दाङ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =