हेटौंडामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा । पछिल्लोपटक मकवानपुरको हेटौंडामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एकजना पुरूष रहेका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा उपचाररत चारजना संक्रमितको मृत्यु भएको हो । शनिबार बेलुका दुई र आइतबार बिहान दुईजनाको मृत्यु भएको अस्पतालका कोभिड इञ्चार्ज सागर काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१४ की ७४ वर्षीया महिला, हेटौंडा–१४ की ४८ बर्षीया महिला, हेटौंडा–८ की ६१ वर्षीया महिला र हेटौंडा–२ चौकीटोलका ६४ बर्षीय एक पुरुष रहेका छन् । चारैजना वैशाख २६ गते कोरोना पोजेटिभ पुष्टि भई अस्पतालमा उपचाररत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?