नेपालमा आज ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेको छ ।

निको हुने दर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?