प्रधानमन्त्री ओलीलाई झट्का ! खारेज होला त सपथ ? सर्वोच्चमा पर्यो रिट

काठमाडाैं । तेस्रो पटक प्रधानमन्त्री बनेर सपथ खाँदै गर्दा विवादित बनेका प्रधानमन्त्री विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीवाट सपथ लिँदा गरेको ब्यवहारलाई लिएर सर्वोच्चमा रिट परेको हो । प्रधानमन्त्रीले कानुन उल्लंघन गरेको र राष्ट्रपति जस्तो गरिमामय संस्थाको पनि वेइज्जत गरेको भन्दै टिप्पणी भइरहेको थियो ।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरुले प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए।

राष्ट्रपतिले भनेका शब्दहरु दोहोर्याउनुपर्नेमा उनले उल्टै ‘त्यो पर्दैन’ भन्दै निर्देशन दिएको जस्तो भिडियोमा सार्वजनिक भएको थियो । नेपाल टेलिभिजनले लाइभ प्रशारण गरीरहेकै बेला प्रधानमन्त्रीले आदेशको शैलिमा त्यो पर्दैन भनेका कारण उनको आलोचना भएको थियो ।

‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन्। ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाए। उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन्। त्यसपछि ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?