जन्तरे युवा क्लब थवाङ गाउँपालिका ४ तेलखाेला उवाद्वारा कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक प्रचारप्रसार सम्पन्न

राेल्पा । तपाईंहरु पनि आ-आफ्नो गाउँमा आफै सजक हौं आफू पनि बाचौ अरुलाई पनि बचाऔ भन्ने उद्देश्यका साथ जन्तरे युवा क्लब थबाङ गाउँपालिका वडा नम्बर ४ तेलखोला उवाको आयोजनामा कोरोना भाइरस कोभिड-१९ सम्बन्धि जनचेतनामूलक प्रचारप्रसार सम्पन्न गरेको छ ।

थबाङ गाउँपालिका वडा नम्बर ४ साविक उवाको वडा नम्बर ७ को तेलखोला, नयाँ गाउँ र घोराबाङमा क्लबका पदाधिकारी, जनप्रतिनिधि र बुद्धिजीवीको संयुक्त टोलीले प्रचारप्रसार गरेको क्लबका सचिव जुनरास घर्तीमगरले जानकारी दिनु भयो ।

साथै वडा नम्बर ४ र वडा नम्बर ५ उवा भन्दा बाहिर पनि नजान र बाहिरबाट आउने मान्छेहरुलाई अनिवार्य १० दिन होम क्वारेन्टाइनमा राख्ने निर्णय समेत गरेको सचिव घर्तीमगरले बताउनु भयो । साथै क्लबले गाउँघरमा सरसफाइलाई पनि विशेष प्राथमिकता दिएको छ । गाउँघरमा अनिवार्य सरसफाइ गर्न गाउँवासीलाई अनुरोध समेत गरिएको सचिव घर्तीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?