नेपालमा थप ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण

काठमाडाैं । नेपालमा थप ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण र ४ सय ३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ हजार २ सय ४७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।

यसअघि हिजो नेपालमा ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?