राेल्पामा जेठ २० सम्म थपियो निषेधाज्ञा

राेल्पा । राेल्पामा जारी निषेधाज्ञा आगामी जेठ २० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय राेल्पाले पहिलाे पटक निषेधाज्ञाको अवधि थप गरेको हो ।

कोभिड–१९ को संक्रमण दरमा कमी नआई परिस्थिति असहज बन्दै गइरहेकाले संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निषेधाज्ञा थप गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

राेल्पामा वैशाख २२ गते बिहान ६ बजेदेखि देखि जेठ ५ गते सम्म जिल्लाभर निषेधाज्ञा लगाइएको थियो । फाेटाे – अनलाइन साझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?