नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण

काठमाडाैं । नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार २ सय ८६ जनाको पीसीआर परीक्षण र ६ सय ९३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार २ सय ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ ।

यसअघि हिजो नेपालमा ९ हजार २ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?