लमजुङ भूकम्प अपडेट : ३ जना घाइते, केही घर भत्किए

लमजुङ । लमजुङमा बुधबार बिहान गएको भूकम्पमा परी ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाका मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङसहित ३ जना सामान्य घाइते भएका हुन् ।

प्रहरीका अनुसार भूकम्पबाट केही कच्चीघरहरु भत्किएका छन् ।

बुधवार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसूस भएको थियो । लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की, राेल्पामा समेत धक्का महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?