बिहान–बिहानै लमजुङको भूकम्पले राेल्पा हल्लायो

राेल्पा । लमजुङ जिल्लामा केन्द्रबिन्दु बनाएर बुधबार बिहानै भूकम्प गएको छ ।

बुधबार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का लुम्बिनी प्रदेश राेल्पासम्म नै महसूस भएको थियो । लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीमा समेत धक्का महसूस गरिएको स्थानीयले जनाएका छन् ।

यसअघि बैशाख १५ गते कलंकी केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्पको धक्का महसूस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?