लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा

काठमाडौं । लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा प्रवेश गरेको छ।​

बर्नलीलाई ३-० गोलले पराजित गर्दै लिभरपुलले अर्को च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको हो। लिभरपुलका लागि फिर्मिनो, फिलिस्प र अक्सलाइ चेम्बरलिनले एक-एक गोल गरेका हुन्। जितसँगै लिभरपुल ६६ अङ्कसहित चौथो स्थानमा रहेको छ।

गएराति नै भएका अन्य खेलमा एभर्टनले वुल्भ्सलाई १-० गोलले पराजित गरेको छ भने न्यू क्यासलले सेफिल्ड युनाइटेडलाई १-० गोलले हराएको छ। एस्टन भिल्लाले टोटनह्यामलाई २-१ गोलले पराजित गरेको छ।

यस्तै क्रिस्टल प्यालेससँगको खेलमा आर्सनल ३-१ गोलले विजयी भएको छ। लिगमा छनोट हुने आशासहित मैदानमा उत्रिएको वेष्टह्याम युनाइटेडले वेस्ट ब्रुमलाई ३-१ गोलले हरायो। इङ्ग्लिस प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?