स्याङ्‌जाको फेदीखोलामा परीक्षा नतिजा अनलाइनबाटै प्रकाशन

स्याङ्‌जा । यहाँको फेदीखोला गाउँपालिकाले विद्यालय तहको परीक्षा नतिजा अनलाइनबाटै प्रकाशन गरेको छ।

फेदीखोला गाउँपालिकाको शिक्षा शाखाले कक्षा ८ को नतिजा अनलाइनबाटै प्रकाशन गरेको हो।

शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन सफ्टवेयरको प्रयोग गर्दै परीक्षाफल अनलाइनमार्फत गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए।

गाउँपालिकाले गत वर्ष पनि कोरोनाको जोखिम भएको बेला अनलाइन मार्फत नै नतिजा प्रकाशन गरेको थियो। घरमै बसेर नतिजा र लब्धाङ्‌क पत्र हेर्न पाउने भएपछि विद्यार्थीलाई सहज भएको अध्यक्ष सुवेदीको भनाई छ।

उनले भने, ‘कोरोना महामारीको जोखिम छ, यस्तो जोखिममा पनि परीक्षाफल अनलाइन बाट सार्वजनिक गरेका छौँ, विद्यार्थीले आफ्नो लब्धाङ्‌क पत्र पनि डाउनलोड गर्न सक्नेछन्।’

गाउँपालिकाभित्र रहेका ११ विद्यालयमा अध्ययनरत कक्षा ८ का २३० जना विद्यार्थीले घरमै बसेर मोबाइलबाट आफ्नो नतिजा हेर्न पाउने भएपछि अभिभावक पनि खुसी भएका छन्।

पालिकाको आधिकारिक वेभसाइट लिंकमा गएर आफ्नो नतिजा हेर्न सकिनेछ। नतिजा हेर्न विद्यालयमै पुग्न पर्ने बाध्यता वा समस्यालाई सफ्टवेयरले समाधान गरेको छ।

शैक्षिक वर्ष ०७६/७७ मा कोभिडको संक्रमण बिच अनलाइन सफ्टवयरको विकास गरि नतिजा प्रकाशन गरेको पालिकाले यस वर्ष सफ्टवेयरमा थप परिमार्जन गरेको छ।

कोरोना महामारीको कक्षा ८ को मात्र होइन अन्य कक्षाको नतिजा पनि अनलाइन मार्फत गराउन लागिएको शिक्षा शाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?