नेपालमा थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६९५ जनाको पीसीआर परीक्षण र ३९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ३०५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

यसअघि हिजो नेपालमा ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?