कविता | भगवानलाई गुनासो !

भोकले गर्जिँदै पेट चिठोरिरहेछ।
शोकले उत्तानो पल्टिएर अनिदो देखाईरहेछ।
अभावले दलिनमा डोरी झूण्ड्याएर या
मेटासितको झोल पिएर
आत्महत्याको कथा सुनाईरहेछ।

घरका चाहनाहरु
झगडाका कारण झ्यालबाट धमाधम हाम फाल्दै
सुइँकुच्चा ठोकिरहेछन।

मज्दुर पाखुराहरु
फुर्सदले छट्पटीको ओछ्यान, कौसीमा पल्टिरहेछन।

डढेलो पसेपछी सपनाको महल
जलेर खरानी भएको छ।
भान्साको चुल्होमा बाढी पसेर आगो बल्दैन।
हो.. भोकले खान नपाएपछी
सकुनको निदले सुत्न मान्दै मान्दैन।

विपत्तिले ताराहरु तिल्विलाईरहेछन।
गर्व तुहाए जस्तो, चन्द्रमाले मास्कले मुख छोपे पनि
आफ्नो अनुहारको चायाँ लुकाउन सकेकोछैन।

जाँगर त बस मौसमले देखाईरहेछ,
बारबार अदलबदल हुँदै
बेसुरको ढोलक बजाईरहेछ।

हेर्नुस् त !
यो हाम्रो भगवान पनि कस्तो?
पाउमा फूल चढाएर ढोग्दा पनि बोल्दै बोल्दैन।
कमसेकम! मन्दिरबाट बाहिर निस्किएर
यो काकाकुल र कोलाहल त सुन्नु नि!

राेशन परियार
माडी गाउँपालिका-५ भावाङ, राेल्पा

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =